

लुम्बिनी विकास कोषका उपाध्यक्षपदका लागि आकांक्षीहरुको दौडधुप सुरु
काठमाडौं साउन १६ । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)को कार्यकाल हिजो १५ गते सोमबारदेखि सकिएसँगै सो पदका लागि आकांक्षीहरुको दौडधुप बढ्न थालेको छ ।
कोषको उपाध्यक्षमा त्रिपाठी २०७५ सालमा नियुक्त भएका थिए । उनको पाँच वर्षे कार्यकाल सकिएसँगै भावी उपाध्यक्षका लागि दौडधुप सुरु भएको हो । उपाध्यक्ष बन्न स्थानीय भिक्षुदेखि पूर्व मन्त्री पदाधिकारीसम्मको नाम चर्चामा रहे पनि बाजि कसले मार्छन त्यो भने हेर्नबाँकीनै छ ।
कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था छ भने उपाध्यक्ष पदकालागी अहिले पूर्व सांसद ल्यारक्याल लामा देखि गायिका आनी छोइङ डोल्मा, निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय), पूर्व उपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निग्रोध), पूर्व सदस्य भिक्षु कुन्डय र स्थानीय सुमार्ग भिक्षु समेत दौडधुप गर्दै लबिङमा लागेको बुझिएको छ।
नयाँ उपाध्यक्षका लागि दौडधुपभै रहँदा संघीय सरकारलाई सम्बन्धीत संघ संस्थाहरुले काठमाडौंको रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि ध्यानकार्षण गराएका छन । उक्त कार्यक्रममा बोल्दै काभ्रे ,चौरीदेउराली- नाग्रेका टेकराज मोक्तान भन्छन् :
“भगवानशाक्य मुनि बुद्धजन्म पबित्र भुमि धार्मिक पुरातत्विक सम्पदाको सरक्षण, सम्बर्द्धन, बिकास गर्न नेपाल सरकारले २०४२ सालमा स्थापित बिकास कोष राष्ट्रीय अन्तराष्ट्रिय क्षेत्रका आन्तरिक , बाह्र्य पर्यटन प्रवर्द्धनको स्वच्छ छवि ,क्षेमता ,कुशल , इमानदारी लुम्बिनी बृहत् गुरु योजन प्रति बफादार रहेको , कुनै विवाद नभएको, राष्ट्रीय अन्तराष्ट्रिय क्षेत्रमा पँहुच भएको , योग्य धर्म गुरु नियुक्त हुनुपर्ने छ ।”मोक्तानले उक्त कार्यक्रममा बोल्दै लुम्बिनीको विकास र थप पर्यटन भित्र्याउन योग्य उपाध्यक्ष हुनुनै आजको आवश्यक्ता रहेकोमा समेत जोड दिएका छन । उनले कुनै फौजदारी अभियोग लागेको , भ्रष्टाचारी जस्तो व्यक्ति र गैर बौद्ध- धर्मलम्वी सरकारबाट सिफारिस नहोस भन्दै नेपाल सरकारलाई सचेत समेत गराएका छन ।
नेपालको विकास र समृद्धिको लागि र बौद्ध धर्मवालम्बीहरुको सर्व मान्य साथै विश्व बौद्ध जगतमा नेपाललाई बौद्ध शिक्षाको केन्द्र बनाउने , शान्तिको लागि संसारबाट लुम्बिनीमा आउने वातावरण बनाउनु सक्ने र लुम्बिनी बिकास कोषको महत्वपुर्ण निर्वाह गर्ने धर्म गुरुलाई नवनियुक्ति तथा मनोनयन गर्न नेपालसरकार मन्त्री परिषदलाई तामाङ समुदायको तर्फबाट टेकराज मोक्ताानले अनुरोध गरेका छन ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
७ घण्टा अगाडि
2.5kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





