

जेलर ललित बस्नेतको लुट धन्धा कायमै , बार्गेनिङ नमिलेपछि कैदीलाई गरे रातारात सरुवा
काठमाडौँ । सुन्धारा केन्द्रीय कारागारका जेलर ललित बस्नेतले फेरि कैदी बन्दीहरुलाई लुट्ने क्रममा अर्की महिला निशा गुरुङ निशानामा परेकी छिन् । कैदी निशा गुरुङ केही महिना अघिमात्र हुण्डी कारोबार अन्तर्गत सिंगापुरबाट रकम भित्र्याएर राजश्व छलीमा मुछेकी थिइन् । यसकै अपराधमा उनलाई पुर्पक्षमा केन्द्रिय कारागार सुन्धारामा राखिएको थियो । यस्तैमा जेलर बस्नेतले उनै निशा गुरुङलाई दुहुनो गाई सरह बनाई पटक—पटक लुटेको तथ्य बाहिर आएको छ ।
दुई महिना अघिमात्र बस्नेतले निशा गुरुङलाई आफ्नो कार्यकक्षमा बोलाई अन्यत्र सरुवा गरीदिने धम्की दिएर पठाएका थिए । तत्पश्चात कारागारकै कैदी लगाएर दश लाख रुपैयाँ नदिए गुरुङ सहित उनको नजिक बस्ने अरुलाई समेत अन्यत्र सरुवा गरिदिने धम्की दिँदै उक्त रकम असुलेको तथ्य बाहिर आएको छ ।
साउन ३ गते ललित बस्नेतको लुट धन्धाको नियमित प्रकरण बाहिरिएपछि जेल प्रशासनको गोप्य कुराहरु बाहिर लिक गरेको आरोप लगाई अब तुरुन्तै चलानी गरिदिने भन्दै पुन रुपैयाँको बार्गेनिङ गरेर धम्क्याएको बुझिएको छ । यो पटक भने निशा गुरुङले मोटो रकम पटक—पटक दिन नसक्ने भन्दै आफुलाई लुटिरहेको खबर बाहिर मिडियालाई जानकारी दिने कुरा बस्नेत समक्ष बताएपछि बस्नेतले आफु असुरक्षित सम्झेर तुरुन्तै कारागार व्यवस्थापन विभागबाट स्थानान्तरणको अनुमति ल्याई निशा गुरुङसँगै अर्की एक महिना बन्दी समेतलाई रातारात मकवानपुर जिल्लाको भिमफेदी कारागार चलान गरेका छन् । स्मरण रहोस् कि उक्त स्थानान्तरण कार्यमा जेलर ललित बस्नेतले जे जे गरे उक्त कार्यकी साक्षी बैदार अनिला श्रेष्ठ नै रहेको रहस्य खुलेको छ । आजसम्म जेलभित्र अनिला श्रेष्ठको कुनै पनि कुरा काट्ने आँट ललित बस्नेतले नगरेको हुनाले यस नाटकमा समेत अनिला श्रेष्ठ र ललित बस्नेत दुबैको मिलेमतो रहेको बुझिएको छ ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
७ घण्टा अगाडि
2.5kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





