

करिब दुई वर्ष पूरा भएपछि हाम्रो खुसी फर्किएको छ…..
मनाङ । हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो । मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो । बाढीपहिरोका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ । कतिपय ठाउँका बासिन्दालाई स्थानान्तरण गर्ने योजना बनाइए पनि उपयुक्त स्थान तत्काल नपाइएपछि त्रिपालमुनि बसेर पनि स्थानीयवासीले समय कटाए ।
बाढीले गाउँको बस्ती नै अन्यत्र सर्नुपर्ने बाध्यता आयो । सबै तहबाट गाउँको बस्ती नै अन्यत्र स्थानान्तरण गर्ने प्रयास भएपनि स्थानीयवासी स्थानान्तरण हुन चाहेनन् र यही गाउँमा बस्नका लागि सुरक्षित वातावरयण बनाउन माग गरे । उनीहरुको माग पनि पूरा भयो । नासों गाउँपालिका–१ तालगाउँकी अञ्जु तामाङ बाढीका कारण आफन्तसँग यति रमाइलो गाउँ बस्ती नै छाडेर जानुपर्छ भनेर आत्तिएको बताए ।
उनले भने, “करिब दुई वर्ष पूरा भएपछि हाम्रो खुसी फर्किएको छ, बाढीले बसाइँसराइ गर्न बाध्य होइन्छ कि भनेर आत्तिएका हामी अहिले खुसी छौँ ।” बाढी आएको लामो समयपछि तटबन्ध बनाएर अहिले तालगाउँ सुरक्षित बनाइएको तामाङले बताए । पदमार्ग हुँदै मनाङ प्रवेश गर्दा पर्यटक तालगाउँमा बास बस्न पुग्दछन् । होटल व्यवसाय गर्दै आएकी अञ्जुले यहाँ होटल व्यवसाय र खेतीपातीका लागि पनि उपयुक्त वातावरण भएको उल्लेख गरिन् ।“हाम्रो रहनसहन, संस्कार, संस्कृति र परम्परा मनाउँदै आएको ठाउँमै अहिले हामी सुरक्षितभएका छौँ”, उनले भनिन्, “विशेषगरी पालुङटार कुण्डुटार सिंचाई आयोजनाले तटबन्ध गरी यहाँको बस्तीलाई सुरक्षित बनाउन विशेष भूमिका निर्वाह गरेको छ ।” अन्जुले भनिन्, “गाउँमा नदीको बहाव पस्न सक्ने जतिकै पर्खाल लगाइएको छ, अहिले हामी ढुक्कसँग सुत्छौं, पहिलेको जस्तो चिन्ता लाग्दैन ।” तटबन्धले सुरक्षित भएसँगै यहाँको संरचना निर्माणमा स्थानीयवासी लागिपरेका छन् । यहाँ धमाधम नयाँ संरचना निर्माणले गाउँ सुरक्षित भएको अनुभूति गर्न सकिन्छ ।
मस्र्याङ्दी नदीमा बाढी आए जत्तिकै तटबन्ध लगाई अहिले बस्ती सुरक्षित गरिएको छ । यस बस्तीलाई सुरक्षित बनाउन तात्कालीन प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य र पालुङटार कुण्डुटार सिञ्चाइ आयोजनाका प्रमुख दीपेन्द्रप्रसाद आचार्यको भूमिका महत्वपूर्ण रहेको स्थानीयवासीले बताए । छिटो बस्तीलाई सुरक्षित बनाउने उद्देश्यले उक्त आयोजना र तात्कालीन प्रजिअले उपभोक्ता समितिमार्फत काम गरेको स्थानीयवासी आन्द्रे गुरुङको भनाइ थियो।
“बस्तीको सुरक्षाका लागि लामो प्रक्रियालाई संस्थाले छोट्याएर काम अगाडि बढाएको छ । उपभोक्ता समितिमार्फत काम गर्दा आफ्नो गाउँलाई सुरक्षित बनाउन छिटै नै काम सम्पन्न भएको छ । उपभोक्ता समितिमार्फत काम नगरेको भए अझै ढिला हुन्थ्यो, यो वर्खामा पनि डराएरै सुत्नुपर्ने अवस्था हुन्थ्यो, अहिले काम छिटो हुँदा आरामले सुत्न पाएका छौँं”, उनले भने ।
पालुङटार कुण्डुुटार सिँचाइ आयोजनाका प्रमुख दीपेन्द्रप्रसाद आचार्यले तालगाउँको बस्तीलाई जोखिमको समयमा कसरी हुन्छ छिटो सुरक्षित बनाउने कार्यमा आफ्नो ध्यान केन्द्रित भएको बताए ।
“लामो प्रक्रियाबाट काम गर्दा जोखिममा आत्तिएका तालगाउँबासीको सुरक्षामा हामीले ध्यान दिनुपर्ने हुन्थ्यो, बोलपत्रको प्रक्रियाबाट काम गर्दा अहिलेसम्म पनि आधा काम गर्न सकिने अवस्थामा हुँदैन थियो, यसवर्षको बर्खामा पनि त्रयत्रयमा रहनुपर्ने हुन्थ्यो, उनीहरुकै जिम्मा दिएर छिटो काम गरेका हौँ,” उनले भने ।
त्यहाँको तटबन्ध निर्माणका लागि आर्थिक वर्षको अन्त्यतिर बजेट बिनियोजन भएको र बोलपत्र प्रक्रियाबाट जाँदा लामो समय लाग्ने हुँदा बजेट फ्रिज हुने अवस्थामा यस्तो निर्णय गरिएको प्रमुख आचार्यले स्पष्ट पारे । “तटबन्ध निर्माणका लागि बोलपत्र प्रक्रियाबाट अगाडि बढ्दा छ महिना लाग्छ, मनाङको मौसम अन्य जिल्लाको जस्तो बाह्रैमहिना अनुकूल हुँदैन, यसले गर्दा उपभोक्तामार्फत काम गराएका हौँ र छिटो काम भएको छ”, उनले भने ।बस्ती तटबन्धले सुरक्षित बनाइएपछि यहाँ पुराना संरचना पुनःनिर्माणका साथै नयाँ संरचना पनि निर्माण भइरहेको छ । बाढीले क्षति पुगेका घर, भवन र होटलको मर्मत सम्भारसँगै यहाँको व्यवसाय पनि अहिले तङ्ग्रिदै गएको छ । यसले गर्दा स्थानीयबासीमा खुसी छाएको छ ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
७ घण्टा अगाडि
2.5kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





