मौरी–भँवराको कमीले अलैँचीमा समस्या

काठमाडौँ  । सिमसार र जङ्गलमा खेती गरिने अलैँचीमा डढुवा रोग लागेपछि धेरैजसो बगान नै सखाप भएका छन् । अलैँचीमा एकातिर डढुवा रोगको समस्या छ भने अर्कातिर भँवरा र मौरीको सङ्ख्या घट्दा परागसेचन प्रक्रियामा समस्या हुँदा उत्पादन निरन्तर घट्दो छ । यसका साथै विषादीको बढ्दो प्रयोग र जलवायु परिर्वतनको असर पनि अलैँची खेतीमा परेको छ । जसका कारण अलैँची किसान वार्षिक करोडौँ रुपियाँ बराबरको घाटा बेहोर्न बाध्य भएका छन् । वनस्पतिविद्का अनुसार विश्वमा जङ्गली फूलका ९० प्रतिशत प्रजाति, खाद्यबाली ७५ प्रतिशत र कृषिबाली ३५ प्रतिशत जीव परागसेचनमा निर्भर रहने गरेको छ । त्यस्ता जीवको सङ्ख्यामा कमी आएसँगै अलैँची उत्पादनमा कमी आएको आकलन गरिएको छ । जीव परागसेचनको ८० प्रतिशतभन्दा बढी परागसेचन किराहरूबाटै हुने गर्छ । किराबाट हुने परागसेचनमा पनि सबैभन्दा बढी करिब ८० प्रतिशत हिस्सा मौरीले ओगट्ने प्राडा रेशमबहादुर थापा बताउछन्।

परागसेचनमा घरपालुवा मात्र नभई जङ्गली, एक्लै बस्न रुचाउने मौरी, झिँगा प्रजातिका किरा सबै नै महŒवपूर्ण हुने विषयमा कृषकलाई जानकारी गराउन सकिएको छैन । त्यसको असर विभिन्न खाद्यबालीलगायत नगदेबालीमा पनि परेको छ । विषादीको प्रयोगले भँवरा र मौरीको सङ्ख्यामा निरन्तर कमी आउँदा त्यसको असर अलैँची उत्पादनमा भएको कृषि अनुसन्धान विज्ञ देवराज अधिकारीले बताए ।

पूर्वबाट विस्तार हुँदै मध्यपहाडी जिल्लासम्म आइपुगेको अलैँची खेतीबाट ७० हजार किसान परिवार आश्रित छन् । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१२ का कृष्णप्रसाद हुमागाईंले वर्षको तीन लाखसम्मको अलैँची बेच्ने गरे पनि यस वर्ष तीन हजार रुपियाँको उत्पादन नभएको गुनासो गरे । उनले के रोगले बगान सखाप भयो भन्ने जानकारी पाउन नसकेको बताए ।

नेपालका अधिकांश जिल्लामा अलैँचीका बिरुवा उत्पादन गरेर बिक्री गर्दै आएका उपेन्द्र तिमल्सिनाले केही समययता अलैँची उत्पादनमा निकै कमी आएको बताए । अलैँची उत्पादनको ‘हब’ मानिएको कोशी प्रदेशका अधिकांश जिल्लाका किसानको बगान नै सखाप हुन थालेको उहाँले दाबी गर्नुभयो । ७० वर्षदेखि हुँदै आएको स्वस्थ बगैँचामा समेत ठुलो असर देखा परेको तिमल्सिनाले उल्लेख गरे । अघिल्ला वर्षको मौज्दात बाँकी रहेकाले निर्यातमा खासै फरक नदेखिए पनि आगामी वर्षदेखि अलैँची निर्याततर्फको ठुलो रकम घट्नेतर्फ सरोकारवालाले चासो देखाएका छन् । नेपालको अलैँची उच्च गुणस्तरको हुने गरेको छ ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

2.9kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
Shares