

देशका विभिन्न स्थानमा सवारी दुर्घटना : तीन जनाको मृत्यु
काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१४ चौपत्तास्थित सडकमा यूपी ५६ एएन ९६४९ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार भारत उत्तर प्रदेश घर भएकी ४५ वर्षीया मिरादेवी चौरासियाको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै जिल्ला अस्पताल परासीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, पर्साको वीरगंज महानगरपालिका-१६ स्थित सडकमा ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत घर भएका ५० वर्षीय सत्यनारायण यादवको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारी बजार नजिक सडकमा बा.प्र.०२-०४३ प २८२१ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुर रक्सीराङ गाउँपालिका-९ घर भई ईलाका प्रहरी कार्यालय कोदारीमा कार्यरत प्रहरी हवल्दार शिवन कुमार प्रजाको बुधबार राति मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोदारीबाट पैदल गस्ती गर्ने क्रममा स्कुटरले ठक्कर दिई गम्भीर घाइते भएका उनको प्राथमिक स्वस्थ्य केन्द्र बाह्रविसे हुँदै धुलिखेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
समाज
थप सामाग्री-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
२१ घण्टा अगाडि
1.7kViews 204 Shares Share on Facebook Share on Twitter काठमाडौँ । रातोघर फाउन्डेसनले “रातोघर साहित्य उत्सव–२०८३” आयोजना गर्ने भएको छ…





