

काठमाडौं जिल्ला प्रहरीपरिसरका खोर इन्चार्ज कमाउ धन्दामा व्यस्त
काठमाडाैं, भदाै २१ । प्रहरी परिसर काठमाडाैंका थुनुवा खोर शाखाका इन्चार्ज असई सुवोध सुवेदीले थुनामा रहेका व्यक्तिबाट पैसा लिएर आफन्त भेटाउने गरेको समाचार प्राप्त भएको छ । रिपोर्ट नेपाललाई टेकु प्रहरीको एक स्रोतले दिएको जानकारी अनुसार जवान देखि हालसम्म करिब आठ बर्ष खोरमा कार्य गर्दै आएका असई सुवेदीले थुनुवालाई खैनी पुर्याइदिने र खैनीको मूल्य एकसय पचास लिने गरेका छन् । केहि दिन अगाडी थुनामुक्त भएका एक व्यक्तिले दिएको जानकारी अनुसार पैसावाला थुनुवाले क्यान्टिनको खाना नखाने र बाहिरबाट मगाइदिदा समेत असई सुवेदीले पैसा लिने गरेको बताउँछन् । थुनुवालाई भेट्न आउने आफन्तले सेन्ट्रीको साइडबाट भेट्न पाइन्छ तर असई सुवेदीलाई पैसा दिने हो भने विशेष तरिकाले भेटाउने गरेको पनि समाचार स्रोत बताउँछ ।
असई सुवेदीले एक हजार देखि पाँच हजार सम्म लिएर विशेष तरिकाबाट भेट गराउन सेन्ट्री बस्ने भन्दा पश्चिमतर्फ रहेको व्यारेकको झ्याल प्रयोग गर्ने गरेका छन । यसरी उठाएको पैसा उनले फाँट हेर्ने डिएसपीसम्म पुर्याउने गरेको बताइन्छ । असई सुवेदीले क्यान्टिनबाट समेत पैसा लिने गरेका छन् । क्यान्टिनबाट उनले बाहिरबाट खाना नल्याउने सर्तमा पैसा लिने गरेको समाचार स्रोतको दावी छ ।
समाज
थप सामाग्री-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
२१ घण्टा अगाडि
1.7kViews 204 Shares Share on Facebook Share on Twitter काठमाडौँ । रातोघर फाउन्डेसनले “रातोघर साहित्य उत्सव–२०८३” आयोजना गर्ने भएको छ…





