काठमाडौंमा आज शोक बिदा

काठमाडौँ, २२ भदौं । काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ ।

काठमाडौं–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले शुक्रबार बिदा दिने निर्णय गरेको हो । उनको उपचारको क्रममा बिहिवार निधन भएको थियो ।

तर, यसरी दिईएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन्

उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर हिजो बिहान उनको निधन भएको हो ।

नेपाली कांग्रेसको काठमाडौं–७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि हिजो राष्ट्रिय सभा गृहमा राखिएको थियो भने त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो ।

उनी राजनीतिसहित सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्दथे

newskarkahna-news569390..webp

Facebook Comments Box
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
२० घण्टा अगाडि

2.0kViews 350 Shares Share on Facebook Share on Twitter निर्जला एकादशीलाई पाण्डव भीम एकादशी वा पाण्डव निर्जला एकादशी पनि भनिन्छ।…

TOP
Shares