

पहिराले जयपृथ्वी र महाकाली राजमार्ग पुनः अवरुद्ध
बैतडी । अविरल वर्षापछि पहिराका कारण महाकाली र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । जयपृथ्वीअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै दिउँसो साढे १ बजे सडक माथिबाट ढुङ्गा र पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो । सडक माथिबाट ठूलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए । उनले भने, “सडक माथिबाट ठूलो ढुङ्गा खसेको छ, जेसिबीको सहायताले ढुङ्गाको केही भाग फुटालेर सानो गाडी आवतजवात भइरहेको भए पनि पूर्णरूपमा खुल्न सकेको छैन । अर्को जेसिबी पनि पठाएका छौँ ।”यस्तै पहिरो खस्दा महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ खम्तोलामा दिउँसो ३ बजे पहिरो जाँदा अवरुद्ध बनेको छ । राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्णरूपमा बन्द भएको र यात्रु बीचबाटोमै अलपत्र परेका छन् । राजमार्ग सुचारु गर्न जेसिबी पठाइएको छ । यसअघि आजै बिहान धरमघर नजिकै पहिरो खस्दा महाकाली राजमार्ग पनि अवरुद्ध भएको थियो । लगातारको वर्षाका कारण धरमघरमा पनि पहिरो आउने क्रम रोकिएको छैन तर जेसिबी राखिएकाले पहिरो खस्ने बितिक्कै पन्छाएर सडक सुचारु गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । रासस
समाज
थप सामाग्री-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
२१ घण्टा अगाडि
1.7kViews 204 Shares Share on Facebook Share on Twitter काठमाडौँ । रातोघर फाउन्डेसनले “रातोघर साहित्य उत्सव–२०८३” आयोजना गर्ने भएको छ…





