

साउदी अरबमा २० नेपाली अलपत्र, हारगुहार गर्दा गुण्डाको समेत प्रयोग
काठमाडौँ । साउदी अरबमा २० नेपाली अलपत्र परेका छन् । साउदीको अलकसिम भन्ने ठाउँमा २० नेपाली विगत चार महिनादेखि अलपत्र परेका हुन् । सितापाइलामा रहेको एडभेन्चर ह्युमन रिर्सोसमार्फत साउदी पुगेका उनीहरूले अलपत्र परेका हुन् ।करिब डेढ वर्ष अघि साउदी पुगेका उनीहरूलाई चार महिनादेखि कम्पनीले काम र तलब नदिएर विचल्ली बनाएको हो । अलपत्र परेकाहरूको बास सडकमा छ । उनीहरूलाई विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा खाने व्यवस्था मिलाइएको छ ।
‘काम पनि दिएको छैन् । तलब पनि दिएको छैन् । हामीलाई खानको लागि १०–१५ दिनमा १०० रियाल दिइरहेको छ । त्यो पैसाले हामीले के गर्ने ? मेनपावर कम्पनीसँग भन्दा चुप लागेर बस भनिरहन्छ । उल्टै गुण्डा लगाएर धम्की दिन्छ ।’ एक पीडितले भने ।बाथरूमको पानी खाएर बस्नु परेको ती पीडितको भनाई छ । कम्पनीले उनीहरू सबै जनाको पासपोर्ट खोसेर राखेको हो । यो विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सरकारको ध्यानाकर्षण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरूको उद्धारको पहल थालेको हो । रोजगारदाता कम्पनीसँग सम्बाद भएको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालले श्रम काउन्सुलर गएर भेटेर कुराकानी भइसकेको बताए । ‘सप्लायर्स कम्पनिमार्फत गएका रहेछन्। अर्को काममा लगाउन नसकेको रहेछ। खान बस्न समस्या थियो। अहिले श्रम कन्सुलरमार्फत त्यसको व्यवस्था मिलाईएको छ । अर्को कम्पनिमा काममा लगाउछु भनेको छ’ उनले भने । रोजगारदाता कम्पनीसँग समेत छलफल भइरहेको बताए । उनीहरू काममा पुनःस्थापित गराउने सहमति भएको छ । सहमति कार्यान्वयन नभएको खण्डमा वा ढिलाई भएको खण्डमा श्रम अदालत जाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । उनीहरूलाई पठाउने मेनपावरलाई बोलाएर तत्काल समस्याको समाधान गर्न भनेको उनको भनाइ छ।
समाज
थप सामाग्री-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
-
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
१४ घण्टा अगाडि
1.2kViews 115 Shares Share on Facebook Share on Twitter काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५…





