

लोप हुँदै मगर भाषा, संरक्षण गर्न सरकारसँग माग
बागलुङ । दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले संरक्षण गर्न सरकारसँग माग गरेका छन् । अहिले बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा मात्रै ‘मगर खाम भाषा’ बोल्ने गरिन्छ । त्यसबाहेक अन्य क्षेत्रमा मगर भाषा बोलेको पाइँदैन ।भुजीखोलामा मगर भाषा बोल्न छोडेपछि परम्परागत मौलिक संस्कृति पनि हराउने जोखिम बढेको छ । ढोरपाटन नगरपालिका–९ का ८० वर्षीय भैरम बुढामगरले आफूहरुको भाषा हराउने अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा स्थानीयर सरकारले ध्यान दिनुपर्ने बताए । बालबालिका विद्यालयमा जान थालेपछि भुजीखोला क्षेत्रमा बोलिने गर भाषा हराउँदै गएको उनको बुझाइ थियो ।
“हाम्रो पालमा स्कूल जाने, पढ्ने, लेख्ने जमाना थिएन, हामीहरु सानैदेखि गाई गोरु पाल्ने, गोठमा बस्ने र आफ्नै भाषामा बोल्ने गरियो, केही वर्षअघिसम्म गाउँमा धेरै जनाले मगर भाषा बोल्थ्यौँ, यहीँ भाषामा गीत गाउँथ्यौँ, अहिले मगर बोल्ने कोही पनि छैनन्, नयाँ पुस्ताले त झन सिक्दै सिकेनन्”, बुढामगरले भने, “१२-१५ वर्षअघिसम्म धैरै मानिसले मगर भाषा बोल्थे तर अहिले धेरैले बुझ्दैनन्न् । केटाकेटी विद्यालय जान थालेपछि भाषा पनि हराउँदै गयो, सरकारले भाषा संरक्षण गर्नतर्फ ध्यान दिन जरुरी छ ।”
ढोरपाटन नगरपालिका–४ देखि ९ सम्म बाक्लो मगर बस्ती छ । आधुनिक प्रविधिको विकास र अरुको देखासिकीका कारण आफ्नो मौलिक भाषा हराउँदै गएको बुढामगरको भनाइ छ । उनका अनुसार यस क्षेत्रमा बोलिने मगर भाषालाई स्थानीयले ‘भुजेल भाषा’ भन्ने गर्दथे ।
ढोरपाटन नगरपालिका–६ कि खिमकुमारी बुढामगरले भाषासँगै यहाँ मगर संस्कृति पनि हराउँदै गएकामा चिन्ता व्यक्ति गरे । मगर जातिको भाषा र संस्कृति संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । अघिल्लो पुस्ताबाट अब नयाँ पुस्तालाई भाषा सिकाउनका लागि नगरपालिका र अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने खिमकुमारीले बताए । भाषा एउटा समुदायको पहिचान भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक पर्नेमा उनले जोड दिए।
“पहिला सानोमा अरुले बोलेको सुनेर हामीले पनि मगर बोल्थ्यौँ । अहिले कहीँकतै अरुले बोलेको सुनिदैन, हामीले बोल्ने भाषा हराउँदै गएको छ, बुढापाका बाहेक अरुले बुझ्दैनन्, केटाकेटीलाई सिकाउन पाए भाषा संरक्षण हुने थियो”, खिमकुमारीले भनिन्, “भाषा सिक्नका लागि नगरपालिकाले सहयोग गर्नुपर्छ, विदेश जान भाषा सिक्न हुने आफ्नै भाषा सिक्न नहुने भन्ने हुन्छ र ?”
पश्चिम बागलुङको निसीखोला, तमानखोला र भुजीखोलामा दुई दशकअघिसम्म मगर भाषा बोलिने गरिए पनि पछिल्लो समय तमानखोला र भुजीखोलामा यो भाष लोप भइसकेको छ । यस क्षेत्रमा बोलिने भाषालाई निसेल, भुजेल र भल्कोटे भाषा भनिन्छ ।
निसीखोला गाउँपालिकाले भाषा संरक्षणका लागि ‘मगर खाम भाषा’को पाठ्यक्रम बनाएर पठनपाठन सुरु गरेकाले यहाँ भने लोप हुने अवस्था नआएको स्थानीयको भनाइ थियो । ढोरपाटनमा पनि विद्यालय तहदेखि नै पाठ्यक्रम बनाउनुपर्ने स्थानीयको माग छ ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले मगर भाषासँगै अन्य मौलिक संस्कृति पनि हराउँदै गएको भन्दै यसको संरक्षणका लागि पालिकाले योजना बनाएर अघि बढ्ने बताए । अहिले गाउँमा बुढापाकाले मौलिक भाष बोल्ने गरे पनि युवापुस्ताले नबुझ्ने उनको भनाइ थियो ।
भाषा जान्नेहरुबाट युवा र बालबालिकालाई सिकाउने वातावरण तयार गरिने उपप्रमुख कायतले बताए। “अहिलेका नयाँ पुस्ता कसैले पनि मगर भाषा बुझ्दैनन्, हामीले यो भाषाको संरक्षण गर्न जरुरी छ”, उनले भने, “यसको संरक्षणका लागि विभिन्न समुदायसँग छलफल गरेर नयाँपुस्तालाई पनि मगर भाषा सिकाउने गरी योजना बनाएका छौँ, भाषा संरक्षणसँगै हराउन थालेका अन्य संस्कार तथा संस्कृतिको पनि जगेर्ना गर्ने तयारीमा छौँ ।”रासस
समाज
थप सामाग्री-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
-
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
१४ घण्टा अगाडि
1.2kViews 115 Shares Share on Facebook Share on Twitter काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५…





