

सुरु भयो पर्यटकीय सिजन
कास्कीको माछापुच्छ्रे गाउँपालिका ६, अस्तामको अन्नपूर्ण इको भिलेज रिसोर्टमा यतिबेला विभिन्न मुलुकका पाहुना बसिरहेका छन् । रिसोर्टमा बसेका ती पाहुना योगा सिक्न आएका हुन् । उनीहरू हरेक दिन बिहानैदेखि योगामा व्यस्त हुन्छन् ।रिसोर्टको खुला र घाँसे मैदानमा हिमालतिर फर्केर योग गर्छन् । केही समय गाउँ डुल्छन् । बचेखुचेको समय पोखरा र आसपासका ठाउँ र हिमाल हेरेर दिन बिताउँछन् ।पर्यटन व्यवसायीका अनुसार मुख्य पर्यटकीय सिजन बल्ल सुरु भएको छ । अबका तीन महिना (सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्म) को समयलाई व्यवसायीले पर्यटन क्षेत्रमा मुख्य सिजन मान्छन् ।
यतिबेला पोखराबाट उत्तिसारो हिमाल खुलेको नदेखिए पनि आसपासका ग्रामीण र उच्च भेगबाट भने हिमाली शृंखला सहजै देख्न सकिन्छ । पर्यटन व्यवसायीले यो सिजनसँग निकै अपेक्षा गर्छन् । अघिल्ला सिजनमा ॐ पर्याप्त पाहुना आउने आशमा पर्यटन व्यवसायी बसिरहेका छन् ।
व्यवसायीका अनुसार मौसम अनुकूल हुने हुँदा यो बेला विदेशी पाहुना नेपाल घुम्न रुचाउँछन् । नेपालमा हुने साहसिक गतिविधिमा रमाउने ती पाहुनाको चाहना हुन्छ ।
पदयात्रादेखि पाराग्लाइडिङ, हाइकिङ, अल्ट्रालाइट बेलुन जस्ता गतिविधिमा रम्ने ती पाहुनाको चाहना हुन्छ । अबका तीन महिना नेपालमा साहसिक गतिविधिमा रमाउने पाहुना आउने गरेको व्यावसायी बताउँछन् । यो समाचार नागरिक दैनिकमा छ ।
समाज
थप सामाग्री-
धनगढीपछि अत्तरियाका होटलमा पनि प्रहरी छापा, १९ जना पक्राउ
-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
-
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
५ घण्टा अगाडि
1.5kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…





