

बागलुङका किसानलाई गहुँ छर्ने र धान भित्र्याउने चटारो
ढोरपाटन । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिनमात्र बाँकी तर सहर बजारभन्दा गाउँमा बढी चहलपहल भइरहेको छ । यतिबेला बागलुङका किसानलाई धान भित्र्याउने र गहुँ छर्ने चटारो छ । कामको बेला परेको तिहारले गाउँमा मान्छे जुटाएको भने रौनक भने कम छ । तिहारमा आफन्त र इष्टमित्रसँग घरमै रमाउन छाडेर यहाँका किसान धान, कोदो र खर काट्न तथा गहुँ छर्नमा व्यस्त छन् ।तिहार मान्न गाउँ आएकाहरूले गर्दा कामदारको खाँचो छैन । पाकिसकेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पिर छ किसानलाई । आकाशमा कालो बादल मडारिँदा उनीहरू चिन्तित हुन्छन् उनीहरू । बागलुङको गलकोट, बडिगाड, जैमिनीलगायत गाउँका किसान आजभोलि खेतबारीमै भेटिन्छन् । यहाँका किसानलाई चाडबाडको भन्दा खेतबारीकै चटारो बढी छ । जैमिनी गाउँका किसान प्रताप शर्माले केही दिनदेखि वर्षा रोकिएकाले धान भित्र्याउन थालेको बताए । खेतमा धान पाकिसकेको हुँदा भित्र्याउन आफूलाई भ्याइनभ्याई भएको उनले बताए । यस क्षेत्रमा धेरै किसानले जडन जातको धान लगाउने हुँदा ढिला पाकेको शर्माले बताए । एकैपटक धन भित्र्याउने र गहुँ छर्ने बेला भएकाले तिहारप्रति त्यति चासो नभएको उनले बताए ।
“पहिला–पहिला तिहार सकिएपछि धान भित्र्याउने चलन थियो, अहिले अलि ढिला आए चाडपर्व त्यही भएर कामको चटारो भयो, चाडपर्व मनाउनेभन्दा बाली भित्र्याउने र छर्नेतर्फ बढी ध्यान गयो”, शर्माले भने, “दसैँ–तिहार मनाउन आएका छोरा भतिजा सबै गाउँमा भएको बेला धमाधम काम गरिरहेका छौँ, एक–दुई दिनपछि उनीहरू जान्छन् ।”
गलकोटका किसान प्रेमबहादुर विक तीन दिनदेखि धान भित्र्याउनमै व्यस्त छन् । गाउँका सबैले एकैपटक धान भित्र्याउन र गहुँ छर्न थालेपछि खेताला कम भएको उनको भनाइ छ । पहिला पर्म गरेर काम गर्ने गरेको भन्दै उनले यसपालि एकैपटक धान भित्र्याउन थाल्दा समस्या भएको बताए ।
जिल्लामा खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष छ हजार हेक्टरमा रोपाइँ भएको छ । जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्र सिँचाइको सुविधा छ । रासस
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२० घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



