एशियन कलेजका स्वर्ण पदक बिभुषित दुई विद्यार्थी सम्मानित

नयाँ विद्यार्थीलाई स्वागत, उत्तीर्ण विद्यार्थीलाई बिदाई कार्यक्रम सम्पन्न

ललितपुर । सुमेरु ग्रुपद्वारा संचालित एशियन कलेज फर एड्भान्स स्टडिज सातदोबाटाका विद्यार्थीहरुले कलेजमा अध्ययन गर्न आउने नयाँ विद्यार्थीलाई स्वागत र पास आउट भएका विद्यार्थीहरुलाई बैशाख १८ गते आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी विदाई कार्यक्रमको आयोजना गरेको छ ।

सो विदाई तथा स्वागत कार्यक्रमका प्रमुख अतिथि सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले द्विप प्रज्वलन गरी कार्यक्रम सुभारम्भ गर्नुभएको कार्यक्रममा झण्डै ८ सय विद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावक, कर्मचारीलगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

स्वागत तथा विदाई कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै सोही कलेजमा अध्ययन गरेका दुई जना पूर्वाञ्चल विश्वविद्यालय मार्फत् स्वर्णपदक विभुषित विद्यार्थीलाई सम्मान गरी कार्यक्रमको सोभा बढाउने कार्य भएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत Bachelor In Public Health (BPH) संकायका २०१४ ब्याचका छात्रा समिक्षा जिसी र Bachelor In Pharmacy (B.Pharm) संकाय अन्तर्गत २०१६ ब्याचका छात्र आकाश भट्टले पूर्वाञ्चल विश्व विद्यालयको सम्पूर्ण स्वास्थ्य संकायतर्फको विद्यार्थीहरुलाई उछिन्दै प्रथम बन्न सफल भएकोमा दुवैं विद्यार्थीलाई एसियन कलेज फर एड्भान्स स्टडिजका व्यवस्थापकले उनीहरुको मेहनत, अनुशासन, अथक प्रयासको कदर गर्दै उनीहरुलाई सम्मानित गरिएको कलेजका प्रशासनिक प्रमुख प्रणय घिमिरेले जनरक्षा लाइ बताउनु भएको छ ।

विदाई तथा स्वागत कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत एवम् अन्तिम परिक्षा दिएर बसेका विद्यार्थीहरु र बोर्ड परिक्षा उत्तिर्ण गरिसकेका विद्यार्थीहरुलाई विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरी खादा, टिका, बुकी र मायाको चिनो प्रदान गरी विदाई गरेका थिए ।

सो स्वागत तथा विदाई कार्यक्रमको प्रमुख अतिथि सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले विद्यार्थीहरुको अनुशासन, मेहनत र प्रयासको उचित मूल्यांन गर्दै यस वर्ष दुई जना विद्यार्थीले स्वर्ण पदक ल्याई एसियन कलेजलाई देशकै नमुना कलेजको रुपमा परिचय दिन सफल विद्यार्थीहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले धेरैंभन्दा धेरै स्वर्ण पदक दिलाई नेपालकै उत्कृष्ट कलेज बनाउन विद्यार्थीहरुको अध्ययनका लागि कुनै पनि पूर्वाधार, शैक्षिक वातावरण, अस्पतालको प्रयोगात्मक अभ्यासमा कमी हुन नदिने प्रतिवद्धता जनाउनुभएको थियो ।


सो कार्यक्रमको अध्यक्षता कलेजकी प्रिन्सिपल तारा रम्तेलले गर्नुभएको थियो भने अतिथिहरुमा दिलिप डंगोल, सुनिल डंगोल, स्वच्छन्दा मानन्धर, विनोद आचार्य, कलेजका सम्पूर्ण संकायका प्रमुख तथा शिक्षकहरु रहनुभएको थियो । 

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
Shares