मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं  बैशाख  २७ ।हाल नेपालमा स्थानीय वायु र भारतको बिहार देखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। मंगलबार देशभर  आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली  र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै बुधबार देशभर  आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र  लुम्बिनी प्रदेश  प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
२ घण्टा अगाडि

1.3kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
Shares