भोलि र पर्सि वर्षा हुने,मतदाता लाई वर्षा र चट्याङ पर्दा असर पर्नसक्ने

काठमाडौं बैशाख  २७ ।भोलि र पर्सि  देशैभर आंशिकदेखि सामान्य बदली हुने भएको छ। पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव समेत मिसिएपछि मौसम सक्रिय हुने भएको हो। तर,  भारी वर्षा भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ।आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुन लागेकाले मतदातालाई वर्षा र चट्याङ पर्दा असर पर्नसक्ने बताएको छ। ठुलो बाढी पहिरो जानेगरी भारी वर्षा नहुने भएकाले मतदातालाई असर नपर्ने मौसमविद्हरुले बताएका छन्। बिहीबार बिहान प्रदेश एकसहित मधेस प्रदेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मञ्जु बासीले बताइन। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ।यस्तै बिहीबार राती प्रदेश नम्बर एक, मधेस प्रदेश र बाग्मती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् बासीले बताइन्।  गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।यस्तै शुक्रबार दिउँसो प्रदेश नम्बर एक, मधेस प्रदेश र बाग्मती प्रदेशमा सामान्य बदली भई आंशिकदेखि सामान्य बदली हुने मौसमविद् बासीले बताइन। अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
२ घण्टा अगाडि

1.3kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
Shares