

त्रिभुवन विश्वविद्यालयमा आइतबार बिदा नहुने
काठमाडौं जेठ १ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनैपनि निकायमा आइतबार विदा नहुने भएको छ । विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले जेठ १ गते आइतबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयका कुनैपनि निकायमा आइतबार विदा नहुने जानकारी दिएको हो । विश्वविद्यालयले जारी गरेको विज्ञप्ति अनुसार शैक्षिक पात्रो पहिले नै ढिलो भइसकेको र दुई दिन विदा दिँदा झनै धकेलिने भन्दै विदा नहुने जनाएको छ । त्यसैगरी स्वास्थ्य सेवा दिने शिक्षण अस्पतालहरुमा पनि असर गर्ने भएको कारण दुई दिन विदा दिन नसकिने भन्दै विदा दिन अस्वीकार गरेको हो । विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले परीक्षणको रूपमा संवत् २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने गरी सूचना प्रकाशित गरेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरुलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकोले अर्को सूचना जारी नभएसम्मका लागि साविक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहने हुँदा सम्बन्धित सबैको लागि यो सूचना जारी गरिएको छ ।’
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२० घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



