काठमाडौंमा भारी वर्षा, नदी को सतह ह्वात्तै बढ्यो

काठमाडौं  असार १० ।।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो केही समय रोकिए पनि अपराह्न काठमाडौंमा पुनः वर्षा हुनेछ।

यसैगरी प्रदेश–१ का केही स्थानमा शुक्रबार पनि भारी वर्षाको सम्भावना  छ। गण्डकी प्रदेशमा पनि केही भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा पनि वर्षाको सम्भावना छ। यी दुई प्रदेशमा पनि मनसुनी वायुको प्रभाव देखिने बताइएको छ।

  • यसैबीच जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँमा गएराति धेरै वर्षा भएको भन्दै नदी किनारमा सतर्कता अपनाउन सुझाव दिएको छ।

वर्षासँगै हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढेको र यी नदीसहित नालाको पानी सडकमा आउन सक्ने भन्दै महाशाखाले बिहान ९ बजेसम्म सजग रहन आग्रह गरेको हो। नदी किनार भई हिँड्नेलाई पनि सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box
TOP
Shares