

झाडापखाला र रुघाखोकीका बिरामी ह्वात्तै बढे
तनहुँ ।
दमौली अस्पतालमा झाडापखाला र रुघाखोकीका बिरामी बढेका छन् । केही दिन यतादेखि झाडापखाला र रुघाखोकीका बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।
अहिले दैनिक २ सय २० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिवस ढकालले जानकारी दिनुभयो । ‘रुघाखोकी, ज्वरो, झाडापखालाका २ सय २० भन्दा बढी बिरामी दैनिक उपचारका लागि आउने गरेका छन्’ –उहाँले भन्नुभयो । झाडापखाला र रुघाखोकीकै प्रकोप भने नभएको उहाँले प्रस्ट्याउनुभयो ।
सुगर, प्रेसर, हाड जोर्नी, आँखा र दाँतका बिरामीसमेत उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । संक्रमणका कारण झाडापखाला र रुघाखोकी लाग्ने गरेको पाइएको उहाँले बताउनुभयो । ‘इमर्जेन्सीमा समेत ३० जना भन्दा बढी बिरामी उपचारमा रहेका छन्’ –उहाँले भन्नुभयो । अस्पतालका सबै शय्याहरू बिरामीले भरिएको उहाँले बताउनुभयो । यसअघि यस अस्पतालमा १५० को हाराहारीमा बिरामीहरू उपचारको लागि आउने गर्थे ।
असारको पहिलो सातादेखि संक्रमणजन्य बिरामीको संख्या बढेको हो ।अस्पतालमा व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, भानु नगरपालिका, ऋषिङ गाउँपालिकालगायत लमजुङको मध्यनेपाल नगरपालिकाबाट बिरामी उपचारका लागि आउने गरेको डा.ढकाल बताउनुहुन्छ ।
बिरामीहरूलाई सफासुग्घर भएर बस्न, बासी सडेगलेका खानेकुरा नखान, उमालेको पानी पिउन, साबुनपानीले राम्रोसँग हातमुख धुन, स्वास्थ्य सल्लाह दिँदै आएको चिकित्सकहरू बताउँछन् । बिरामीको अवस्था हेरेर सिकिस्त भए थप उपचारका लागि अन्यत्र रिफरसमेत गर्ने गरिएको डा. ढकालले बताउनुभयो । आँखा परीक्षण, दाँत, प्रसूति सेवा, एक्सरे, भिडियो एक्सरेलगायतका सेवा अस्पतालले नै प्रदान गर्दै आएको छ ।यो समाचार नेपालसमाचारपत्र मा छ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
६ घण्टा अगाडि
1.6kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



