

सशस्त्र प्रहरी निकाल्यो ५० फिट गहिराइबाट पोख्रेलको शव
काठमाडौँ । सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइबाट निकालेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले ५८ वर्षका गोबिन्द पोख्रेल डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले वैशाख ११ गते बिहीबार दिउँसो ५० फिट गहिराइबाट शव बाहिर निकालेको हो ।
पोख्रेल बेपत्ता भएसँगै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चिप्ले सुर्खेतबाट समेत खोजी कार्यका लागि टोली परिचालन गरिएको जानकारी उहाँले दिनुभयो । सोहि गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको थियो ।
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
५ घण्टा अगाडि
2.4kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





