

नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी निरीक्षक घाइते
विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि मृत्यु भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तोडफोड र हुलदङ्गा भएको छ। घटनामा एक प्रहरी निरीक्षक घाइते भएका छन् ।
महतोले झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका थिए। गम्भीर अवस्थामा रहेका उनलाई बिहीबार साँझ ५ः३० बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो। कोशीमा उपचार सम्भव नभएपछि उनलाई नोबेल अस्पताल रेफर गरिएको थियो। उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महतोको मृत्युपछि शुक्रबार बिहान करिब १ः३० बजे आफन्त र छिमेकीहरू अस्पतालमा भेला भई हुलदङ्गा सुरु गरेका थिए । उनीहरूले चिकित्सकको लापरबाहीका कारण महतोको मृत्यु भएको आरोप लगाउँदै आकस्मिक कक्ष अगाडि नाराबाजी गर्दै तोडफोड गरेका थिए ।उत्तेजित भिडले ढुंगामुढा गर्दा ओपिडी प्रवेशद्वारको माथिल्लो भागको सिसा फुटेको थियो भने अस्पतालको निर्माणाधीन भवनका ५–६ वटा झ्यालका सिसा समेत क्षतिग्रस्त भएका छन् । ढुंगामुढाबाट वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर राजेश दत्त घाइते भएका छन्। उनको दाहिने खुट्टाको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनको उपचार नोबेल अस्पतालमै गरिएको छ । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट डिएसपी मदन केसी र डिएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको थियो। प्रहरीले सामान्य बल प्रयोग गरी भिडलाई तितरबितर पारेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। उनीहरूको नाम सार्वजनिक गरिएको छैन भने अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ ।
घटनासम्बन्धी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
समाज
थप सामाग्री-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
४ घण्टा अगाडि
1.5kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…



