

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता
काठमाडौं । केटिएम भ्वाइसको नियमित श्रङ्खला वित्तीय साक्षरतामा यो पटक श्रीङ्खलामा लघु व्यवसायका विषयमा चर्चा गर्दैछौँ ।
व्यवसाय भनेको आय आर्जनका लागि मानिसद्वारा गरिने आर्थिक क्रियाकलाप हो । व्यवसायीहरू आफ्नो जीविकोपार्जन गर्न आर्थिक क्रियाकलापहरूमा संलग्न रहेका हुन्छन् ।
व्यवसायीहरूले पूँजी लगानी गरी जोखिम वहन गरे बापत त्यसबाट सकेसम्म नाफा कमाउने उद्देश्य लिएका हुन्छन् । व्यवसाय भनेको मुनाफा कमाउने उद्देश्यले गरिने आर्थिक क्रियाकलाप हो ।
लघु व्यवसाय भनेको थोरै पूँजी वा उत्पादनका साधनहरूको थोरै प्रयोग गरी सानो स्तरमा गरिने व्यवसाय हो । यस्तो व्यवसाय सामान्यतः पारिवारिक रूपमा सञ्चालन गरिएको हुन्छ ।
लघु व्यवसायमा आधुनिक प्रविधिको प्रयोग कम गरिन्छ । लघु व्यवसायमा रोजगारीका अवसरहरू पनि कम सृजना हुन्छन् । ठूला उद्योग वा व्यवसायको तुलनामा लघु व्यवसायमा जोखिम पनि थोरै हुन्छ ।
लघु व्यवसायको देहाय अनुसारका विशेषता हुन्छन्ः
थोरै पूँजी भए हुने
घरपरिवारले नै व्यवस्थापन गर्न सक्ने
सानो स्तरमा सुरुवात हुने र जोखिम कम हुने
साधारण पद्धति र औजारको प्रयोग हुने
स्वरोजगारी सिर्जना हुन सक्ने
आय आर्जन हुने
स्थानीय साधन तथा स्रोत उपयोगमा आउने ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२३ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



