

वरिष्ठ पत्रकार रिसालको ‘छानिएका रचना’ सार्वजनिक
वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल दास, लेखक रिसाल र डा.गोविन्द सार्की नेपालीले संयुक्तरूपमा आज लोकार्पण गरे । वरिष्ठ पत्रकार रिसालको ९५ औँ जन्मदिनको अवसरमा आज पुस्तक विमोचन गरिएको हो ।पुस्तकमा मजदुर (दैनिक) र श्रमिक (साप्ताहिक) पत्रिकामा छापिएका करिब दुई सय लेख मध्येबाट छानेर करिब ६५ लेखलाई पुस्तकमा समावेश गरिएको छ । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको सो पुस्तकको मूल्य रु ५०० रहेको छ । पुस्तकमा ‘खल्लो नयाँ वर्ष’, ‘मरणोपरान्त पनि सजाय दिउँ’, ‘नेहरुको चिठी सार्वजनिक गर’, ‘खोजेको के भइरहेको छ ?’ ‘नक्सा एकता एमसीसीविरुद्ध पनि’, ‘कति तरल राजनीति’ र ‘अविलम्ब सार्वजनिक गर’ लगायतका लेख समावेश गरिएको छ । पुस्तकलाई वरिष्ठ पत्रकार भरतराज पोखरेलले सम्पादन गरेका छन् । समाजसेवी तथा वरिष्ठ चिकित्सक दासले बहुआयामिक व्यक्तित्व व पत्रकार रिसालले समाजमा पुर्याएको योगदानको राज्यले उच्च कदर गर्नुपर्नेमा जोड दिए ।रासस
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२२ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



