कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पुगिन् मेडिसिटी अस्पताल

४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले गिरिका परिवारसँग पनि भेट गरी सहानुभूति प्रकट गर्नुका साथै स्वास्थ्य लाभको कामना गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहेकी थिइन् । प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए ।नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन नौ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न छ ।शनिबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।यो समाचार अनलाइन खबरबाट साभार गरिएको हो ।

Facebook Comments Box
TOP
Shares