

आज मिति २०७९ साल भदौ १३ गते सोमबार ,पाथिभरा माता ले रक्षा गरून्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । अधुरो काम पूरा हुन पनि सक्छ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आजको दिन माध्यम नै रहनेछ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । वैदेशिक कार्यमा सफलता पाइएला । साँझमा पैसा खर्च पनि हुन सक्छ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ, तर पुँजी बजारमा लगानी नगर्दा बेस हुनेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज मनमा दुबिधा उत्पन्न हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी देखिन्छ ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । बोलीको भरमा सङ्कल्प सिद्ध हुनसक्छ । शुभ समाचार सुन्नमा आउला ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुन सक्छ ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता पनि लिनेछ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग छ, तर दिनको उत्तरार्धमा धन खर्च हुनसक्छ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्मकर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२१ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



