

अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं भदौ १३ , काठमाडौं महानगरपालिका-१६ म्हेपीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५९ एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ६० एम्पुल र नाईट्राभेट ३ सय १५ ट्याब्लेट सहित सर्लाही लालबन्दी नगरपालिका-१२ जियाजो बस्ने ३१ वर्षीय प्रभु माझि समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माझिले बोकेको झोलामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
रौतहट, गौर नगरपालिका-२ बकैया खोला किनारबाट करिब १ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । अपरिचित व्यक्तिहरूले १७ वटा पोकामा राखेर उक्त गाँजा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अस्थाई प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपालको बिओपी गौर रौटहटबाट खटिएको संयुक्त प्रहरी टोलीलाई देख्नासाथ सोही स्थानमा गाँजा छोडी फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोबताएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२२ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



