

बेलायतबाट आठ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो
काठमाडौं, २५ माघ ।
बेलायतबाट आठ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायतले नेपाल पठाउन लागेको २१ लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौं आइपुगेको हो ।
नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटरमार्फत आठ लाख डोज खोप नेपाल पुगेको जानकारी दिएकी छन् । ‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ । यीमध्ये आज ८ लाख डोज प्राप्त गर्न पाउँदा खुशी लागेको छ,’ राजदूत पोलिटले ट्वीटरमा लेखेकी छन् ।
उनले बाँकी खोप केही दिनभित्रै काठमाडौं आइपुग्नेसमेत जनाएकी छन् । उनले नेपाली जनताको सुरक्षाका लागि खोप सहयोग गर्न पाउँदा खुशी लागेको बताएकी छन् ।
समाज
थप सामाग्री-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
-
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
-
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
-
आज बैशाख १७ गते बिहीबार,यस्तो छ तपाईको राशिफल
-
१५ दिनमै तलब: सरकारको नयाँ प्रणाली सुरु, अर्थतन्त्र चलायमान बनाउने अपेक्षा
वालेन सरकारलाई प्रश्नः जडीबुटीको बसपार्क कहिले हटाउने ?
६ घण्टा अगाडि
2.2kViews 456 Shares Share on Facebook Share on Twitter काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा अरनिको बसपार्क सञ्चालित छ । बाटो छेउ र…



