

कैलाली कारागार घटनाः गम्भीर घाइतेलाई उपचारका लागि काठमाण्डौं ल्याइँदै, कारागारको पुर्ण सुरक्षा गरिने
काठमाण्डौं २४ साउनः कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गृह मन्त्रालयले परिस्थितीलाई सहज बनाउन गम्भीरता पुर्वक सुक्ष्म रुपले हेरिरहेको छ ।
कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबिच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिब सहित तीन वटा सुरक्षा निकायका प्रमुखसित घटनाको समग्र अवस्थाबारे जानकारी लिनुका साथै परिस्थिती सहज बनाउने विषयमा छलफल गर्नुभएको छ ।
छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाण्डौं ल्याउने तयारी गरिएको छ । त्यसका लागि गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।
“कारागारको पुर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन् ।” प्रवक्ता काफ्लेले भन्नुभयो–“ झडपमा परी घाइते भएका अन्य घाइतेहरुको उपचारको प्रवन्ध मिलाइएको छ ।” बैठकमा कारागारको आन्तरिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२१ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



