

“भर्चुअल पात्रो” नेपाली क्यालेन्डर एप बजारमा
काठमाण्डौं, श्रावण ३१ गते
विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रा. लि. ले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा ल्याएको छ । सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाईन फस्ट पात्रो iOS , Android र Web को माध्यम बाट प्रयोगकर्ताले प्रयोग गर्न सक्नुहुने कम्पनिका संस्थापक/संचालक श्री प्रकाश पौडेल ज्यूले बताउनुभयो। यस भर्चुअल पात्रोमा प्रयोगकर्ताको सहजता र अन्य पात्रोहरुको तुलनामा एप साईज कम, सरल र प्रविधिमैत्री रहेको छ।
साथै एपले तिथिमिति, स्थानको आधारमा सूर्योदय–सूर्यास्त,चाडपर्व, बिदा, नेपाल संवत, मुहुर्त, पञ्चाङ्ग, कर्मकाण्ड, मिति रुपान्तरण, विदेशी विनिमय दर,पात्रो विइगेट तथा पंडित सेवा फिचर उपलब्ध गराएको छ।कम्पनीले प्रयोगकर्ताबाट प्राप्त सुझाव, प्रतिक्रिया, र आवश्यकताका आधारमा भविष्यमा थप उपयोगी फिचरहरू समावेश गर्दै जाने जनाएको छ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१५ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



