

भागबण्डा नलाग्दै काँग्रेसले गुमाउँदै प्रदेशको एक सिट गुण्डाका नाइके दिपक मनाङ्गेलाइ ‘निर्विरोध उपहार’
काठमाडौं भदौ २४ ।आजको ठिक एक महिनापछि संघिय एवम् प्रदेश सभाको निर्वाचनका लागि उमेदवारले आआफ्नो उमेदवारी दर्ता गर्ने दिन तोकिएको छ । सोही सिलसिलाका लागि यतीबेला राजनैतिक दलहरु निर्वाचन जित्ने सम्भावित उमेदवारको खोजीमा लागिरहेको अवस्था छ । खासगरी सत्तारुढ गठबन्धन दलका तर्फबाट दलका शिर्षनेता भागवण्डाका लागि आआफ्ना अडानमा छन् भने अर्काेदल एमाले पनि राप्रपासंग तालमेलको तयारीमा छ । यसले गर्दा सत्ता गठबन्धन दल र प्रतिपक्ष दलबीच रोचक भिडन्तको अवस्था देखा परेको छ । त्यसो त यसअघिको स्थानीय निकाय निर्वाचनमा स्वतन्त्र उमेदवार बिजयी भएपछि हौसिएका केही व्यक्ति पनि चुनावी माहोलमा होमिने भएका छन् ।
यसैक्रममा नेपाली काँग्रेस मनाङ ले आफ्नो प्रदेश ‘ख’ को उमेदवारी नदिएर गुण्डाका नाइकेका रुपमा परिचित स्वतन्त्र उमेदवार दिपक मनाङ्गे भन्ने राजिव गुरुड्गलाई समर्थन गर्ने निर्णय गरेको छ । यसअघि एमालेको समर्थनमा स्वतन्त्र उमेदवारका रुपमा मनाङ्ग कै प्रदेश ‘ख’ बाट विजयी भएका दिपक मनाङ्गे उर्फ राजिव गुरुङले स्वयम् आफैँ मन्त्री रहेको एमालेको प्रदेश सरकार ढाल्न भूमिका खेलेका थिए । यस पटक एमालेले समर्थन नगर्ने भएपछि उनी काँग्रेसको शरणमा गएको र काँग्रेसले पनि उसको प्रस्ताव शहर्स स्वीकार गरेको देखिन्छ ।
तर, मनाड्ग काँग्रेसले गरेको यो निर्णय भने काँग्रेस मुख्यालयले नमान्न सक्ने सम्भावना उत्तिकै छ । एक केन्द्रीय पदाधिकारीका अनुसार गुण्डालाई समर्थन गर्दै आफ्नो प्रभाव क्षेत्रमा उमेदवारी नै नदिने जिल्लाको निर्णय मुख्यालयलाई स्वीकार्य हुँदैन । तर, हाल गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको सरकारमा मन्त्री रहेकाले बरु उनलाई काँग्रेसबाटै उमेदवार बनाउन भने सकिने ती पदाधिकारीको भनाइँ थियो । “या त गठबन्धन मध्यको कुनै दलको उमेदवार बनाउनु पर्यो नत्र सिट बाँडफाँडमै कुरा नमिलीरहेका बेला आफ्नो प्रभाव क्षेत्र नै स्वतन्त्र व्यक्ति, त्यो पनि विवादीत व्यक्तिलाई छाडने भन्ने कुरै आउँदैन,” ती पदाधिकारीको भनाइँ थियो, “विवादीत छवीका व्यक्तिलाई काँग्रेसले निर्विरोध समर्थन गर्यो भन्दा देश व्यापी कस्तो सन्देश प्रवाह हुन्छ ? त्यसले आम निर्वाचनको प्रचार प्रसारमा कस्तो असर पार्ला ? सोच्नु पर्दैन ?”
गुण्डा नाइके मनाङ्गे आफू स्वतन्त्र रुपमै प्रदेश सासंद हुन चाहानुको कारण फेरि पनि आफ्नै इच्छा अनुसार स्वतन्त्र रुपमै सरकारमा रहीरहने मौका खोजेका हुन् । पार्टीबाट सांसद भएको अवस्थामा पार्टी निर्णय मान्नु पर्ने, पार्टीकै अनुसाशनमा रहनु पर्ने भएकाले उनी स्वतन्त्र हैसियतमा रहन चाहेको मनाङ्गेकै एक सहयोगीले बताए ।
जे होस्, मनोनयन दर्ता गर्नु एक महिना अघि नै निर्विरोधको संकेत प्रवाह गराउन सक्नु मनाड्गेको शक्ति भने मान्नै पर्ने हुन्छ । तर, मनाड्ग काँग्रेसले गरेको यो निर्णय भने स्वयम् त्यहीका काँग्रेसी युवालाई भने मन परेको छैन । पार्टीका केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री टेकबहादुर गुरुड्गले आफ्नो मात्र स्वार्थ पूरा गर्न यस्तो कदम चालेको भन्नेहरु पनि छन् । पार्टीको प्रदेश कार्यालय र मुख्यालयले हस्तक्षेप गरेर उमेदवार नतोकेको खण्डमा काँग्रेसका कुनै युवा नेताबाटै पनि उमेदवारी पर्न सक्ने बताइएको छ ।
त्यसो त ज्यान मार्ने उद्योग गरेको अभियोगमा सर्वाेच्च अदालतमा मुद्दा चलिरहेकाले गुण्डा नाइके दिपक मनाङ्गे चुनाव अघि नै हत्यारा प्रमाणित भएर जेल जान पनि सक्ने छन् । यसअघि उच्च अदालतले गरेको ज्यान मार्ने उद्योगमा दिइएको कैद सजायका विरुद्ध मनाङ्गे सर्वाेच्च अदालत गएका हुन् ।
स्मरणीय छ, मनाङ्ग नेविसंघका अध्यक्ष अनिल गुरुड ब्रुस्ली आफू चुनावी मैदानमा उत्र्ने तयारी गर्दागर्दै जिल्ला नेतृत्वले गरेको निर्णयबाट भने रुष्ट बनेका छन् ।
त्यसो त मनाङ्गकै प्रदेश क बाट प्रत्यक्ष निर्वाचनमा होमिन चाहाने चार जनाको नाम सिफारिस भएको छ । साड्दो लामा, छिरीड ग्याल्बो लामा, मुनिन्द्र घले र चन्द्र घलेको नाम सिफारिस गरिएको छ भने संघिय सांसदका लागि एक मात्र उमेदवार टेकबहादुर गुरुङ्को नाम सिफारिस भएको बताइएको छ ।![]()
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



