नेपाललाई ‘एक्स’को पत्र : अपारदर्शिता र भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता गर्दैनौँ

कुलचन्द्र न्यौपाने

काठमाडौँ — सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स'(पहिलेको ट्विटर)ले नेपाल सरकारलाई पत्र लेख्दै अपारदर्शिता र भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता नगर्ने जनाएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर एक्सले नेपालमा दर्ता नगर्ने जनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा एक्सले पठाएको पत्र मुख्य सचिव एकनारायण अर्याललाई पढेरै सुनाउन लगाएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध नखोल्ने निर्णय मन्त्रीहरुलाई सुनाएका थिए ।
भ्रष्ट र पारदर्शिता नभएको मुलुकमा दर्ता नगर्ने व्यहोराको एक्सको पत्र सुनेपछि प्रधानमन्त्री ओली क्रूद्ध बनेका थिए । ‘भ्रष्ट्रको देशमा दर्ता गर्न आउँदिन भनेर भन्ने ? हामीले तपाईंहरुले दर्ता गरेर चलाउनुहोस्, नाफा कमाउनुहोस् भनेर भन्द पनि एउटा सार्वभौम मुलुकलाई त्यसरी भन्ने ? अरुलाई सह्य होला तर मलाई हुँदैन’ ओलीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने ।मन्त्रिपरिषद् बैठकले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकाउने निर्णय नगरेपछि कांग्रेस सभापति देउवा बालुवाटारमा पुगेका थिए । बालुवाटारमा पुगेर देउवाले सामाजिक सञ्जाल खोल्नुपर्ने दबाब दिएपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले इन्टरनेट प्रदायकहरुलाई खोल्ने व्यहोराको पत्र पठाएका हुन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, एक्स, युट्युबलगायतका प्लाटफर्महरूलाई दर्ताका लागि आह्वान गर्दा अटेर गरेको भन्दै गत १९ गते(बिहीबार)देखि बन्देज गरेको थियो ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
129 Shares