

३४ निकाय काठमाडौँ महानगरको निशानामा
नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले कामपासँग सोधखोज सुरु गरेको छ। कामपाका अनुसार ती निकायहरूबाट भन्डै ५० करोड रुपियाँ कर उठ्न बाँकी रहेकोछ।
कामपाले पछिल्लो समय भदौ २३ गते बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, नेपाल प्रहरीसहित शंकरदेव, रत्नराज्य, नेपाल ल, सरस्वती, नेपाल कमर्स क्याम्पस, वीर अस्पताल, दशरथ रंगशालालाई १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसार बहाल कर र सोको जरिवानासहित रकम बुझाउन पत्राचार गर्दै अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको हो। चेतावनीपछि अधिकांश निकायले कर तिर्न कामपासँग हिसाबकिताब माग गरेको छ। वर्षौँदेखि कर नतिरेका ती संस्थाले तोकेको समयभित्र कर भुक्तानी नगरे व्यवसाय नै बन्द गराउने चेतावनी पनि दिइएको छ। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



