

नेपालमा कडाइपछि भारतबाट मानव तस्करी
नेपालमा भिजिट भिसामा विदेश जान कडाइ भएपछि भारत हुँदै विभिन्न देश पठाउन थालिएको छ । भारत हुँदै कम्बोडिया पुगेका तीन नेपालीलाई त्यहाँको अध्यागमनले शंका लागेपछि गत मंगलबार विमानस्थलबाटै फर्काइदिएपछि यसको रहस्य खुलेको हो ।
करिब तीन सातायता नेपालको विमानस्थलबाट भिजिट भिसाको सेटिङ भत्किएको छ । प्रहरीले कडाइ गरेपछि अध्यागमनले पनि शंकास्पदलाई फर्काउन थालेको छ । यस्तो अवस्थामा भारतका विभिन्न विमानस्थल प्रयोग गर्दै नेपालीहरू तेस्रो देश जान थालेका हुन् ।
एसपी दानबहादुर मल्ल, मानव बेचबिखन अनुसन्धान ब्युरो
भिजिट भिसामा लगेर अवैध काममा लगाउने गरेको सूचना छ, यसको नियन्त्रणदेखि अनुसन्धानसम्मका काम गरिरहेका छौँ ।
गत मंगलबार कम्बोडियाबाट फर्काइएका तीनजना चिनियाँ कल सेन्टरमै काम गर्न एक गिरोहले पठाएको थियो । कम्बोडियामा धेरै नेपाली घुम्ने बहानामा काम खोज्न गएपछि त्यहाँको अध्यागमनले कडाइ गर्न थालेको छ । कम्बोडियाले नेपालीलाई ‘अन अराइभ’ भिसा दिन्छ । त्यही सुविधाको दुरुपयोग गरी मानव तस्करी भइरहेको हो । अन्य देश नघुमेका व्यक्तिलाई अन अराइभ भिसामा त्यहाँ कडाइ भएपछि सुरुमा दुबई लाने र त्यहाँ केही दिन राखेर कम्बोडिया लैजाने प्रवृत्तिसमेत देखिएको छ ।गत बुधबार नेपाल फर्किएका महोत्तरीका मुकेश ठाकुरलाई पनि त्यसैगरी सुरुमा दुबईमा केही दिन राखेर कम्बोडिया पुर्याइएको थियो । आयुष मेनपावरका सञ्चालक उदीतनारायण साहले त्यसरी कम्बोडिया पठाएर बिक्री गरेको भन्दै उनले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् ।यो समाचार आजको नयाँपत्रिका मा छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



