

मिटरब्याज पीडित र प्रहरीबीच झडप, ३ जना घाइते
कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीको बीचमा झडप भएको छ । झडपमा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना मिटरब्याज पीडित र एकजना प्रहरी हवल्दार छन् । कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटरव्याज पीडितलाई रोक्न खोज्दा सामान्य झडप भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालले बताए ।
उनले भने– ‘१० पुरुष र ३ महिलालाई नियन्त्रणमा लिएर प्रहरी वृत कीर्तिपुरमा राखिएको छ ।’ भीआइपी सवारीका कारण उनीहरुलाई माइतीघर आउन रोकिएको रिजालले जानकारी दिए । पैदल हिँडेर कीर्तिपुरको आयुर्वेद अध्ययन संस्थान आइपुगेका मिटरब्याज पीडितलाई प्रहरीले रोकेपछि झडप भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु सोमबार काठमाडौं आउँदैछन् । उनको भ्रमणअघि उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



