धनुषामा बन्दुकधारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान

जनकपुरधाम : धनुषामा बन्दुकधारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ पोर्ताहास्थित चारनाथ खोलामा बन्दुधारी समूह र प्रहरी बीच दोहोरो गोली हानाहान भएको हो।

सोमबार राति ११:४० बजेको समयमा गणेशमान चारनाथ नगरपालिका पोर्ताहा प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

चारनाथ खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा समूहबाट फायर गरेपछि जवाफी कारवाहीमा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो।

चारनाथ खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा समूहबाट फायर गरेपछि जवाफी कारवाहीमा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो।

प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी समूहका एक जनालाई बायाँ खुट्टामा गोली लागि घाइते अवस्थामा पक्राउ गरेको हो। अन्य समूहका व्यक्तिहरू भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीको गोली लागि पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका-५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्थामा सामान्य रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। पक्राउ परेको व्यक्तिको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरी थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए।

Facebook Comments Box
TOP
Shares