७५ जिल्लाबाट पाँच हजार बढीमा डेङ्गु पुष्टि

काठमाडौँ, असोज २१ गते। देशका ७५ जिल्लाबाट पाँच हजार ३७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार देशका ७५ जिल्लाबाट पाँच हजार ३७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुनुका साथै दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ।

डोल्पा,  र मनाङ गरि दुई जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन। इडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ।

गण्डकी प्रदेशमा एक हजार ३३३ जनामा डेङ्गु पुष्टि भएको छ। त्यसैगरी बागमतीमा एक हजार २६१, कोशीमा ७६१, लुम्बिनीमा ९४१, सुदूरपश्चिममा ६४५, कर्णालीमा ३२० र मधेशमा ११७ जनामा डेङ्गु पुष्टि भएको छ।

डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह चिकित्सकको आग्रह छ।

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ। सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्।

त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
278 Shares