नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउन प्रक्रिया शुरु

वाग्मती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउनका लागि प्रक्रिया शुरु गरेको छ।​ वाग्मती प्रदेशले नेपाली भाषासँगै प्रदेशमा बढीभन्दा बढी बोलिने भाषाको रुपमा ती दुईवटा भाषालाई सरकारी कामकाजी भाषाको रूपमा मान्यता दिन लागिएको हो।भाषा आयोगले संविधानबमोजिम ती दुईवटा भाषालाई वाग्मती प्रदेशमा सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गर्न सकिने भनी एक वर्षअघि सिफारिस गरेको थियो।सोही सिफारिसलाई आधार बनाई प्रदेशको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो कार्यका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए । सोका लागि तीन सदस्यीय एक कार्यदल गठन गरिएको छ। आयोगले गरेको सिफारिस, त्यो सिफारिसअनुसार कसरी अघि बढ्ने सम्बन्धमा अध्ययन गरी दुई साताभित्र प्रतिवेदन बुझाउन एक कार्यदल बनाई कार्यदललाई जिम्मेवारी दिएका छौं मुख्यमन्त्री पाण्डेले भने।

Facebook Comments Box
TOP
Shares