आज उपत्यकामा सवारी आवागमन प्रभावित हुने यि क्षेत्र

चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा छन् । उनको आजको घुमफिर र भेटघाटको कार्यतालिका अनुसार उपत्यकाको सवारी आवागमन पनि प्रभावित हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष कारणबस उपत्यकाको सवारी आवागमन प्रभावित हुने बताएको छ ।

आज सवारी आवागमन प्रभावित हुने क्षेत्र

विशेष कारणबस आज बिहान ९ बजेको आसपासमा  रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली,  माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटि, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडियो कार्यालय  देखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

त्यस्तै १५:३० बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन  प्रभावित हुने भएको छ ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

Facebook Comments Box
TOP
Shares