

भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीको निधन
बुटवल । भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ।
घटना बिहीबार मध्यान्हतिर बुटवल–१९ स्थित आफ्नै निवासमा भएको हो।
राजमो रुपन्देहीका नेता गङ्गालाल सापकोटाका अनुसार ५० वर्षीय केसी दिदीबहिनीहरूबाट भाइटीका लगाउँदै गर्दा अचानक बेहोस भएर ढलेका थिए। तत्काल उनलाई उपचारका लागि बुटवल हस्पिटल प्रालिमा लैजाँदै गर्दा चिकित्सकले मृत घोषित गरेका अस्पतालका सूचना अधिकारी विक्रम खड्काले जानकारी दिए।
केसी लामो समयदेखि वामपन्थी राजनीति र जनमोर्चा आन्दोलनसँग सक्रिय रूपमा संलग्न थिए। उनी संगठनका दृढ, निष्ठावान र लोकप्रिय नेता मानिन्थे।
उनको निधनले रुपन्देही मात्र होइन, सम्पूर्ण राष्ट्रिय जनमोर्चा परिवार शोकाकुल बनेको छ।
यस घटनाप्रति मातृ पार्टी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन्।
विज्ञप्तिमा उनले केसीको योगदानलाई स्मरण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१६ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



