

पुराना र ठूला नोट बैंकमा आउन थाले
काठमाडौं। जेनजी आन्दोलनपछि बैंक तथा वित्तीय संस्थामा रहेका पुराना तथा निष्क्रिय खाताहरु एकाएक सक्रिय हुन थालेका छन्। भदौ २३ गतेको जेनजी आन्दोलन र भोलिपल्टको आगजनी, लुटपाट तथा चोरीपछि बैंक तथा वित्तीय संस्थाहरुमा शंकास्पद वित्तीय कारोबार बढेको अनुमान बैंकहरुले गर्न थालेका छन्।
लामो समयदेखि थुपारिएको जस्तो लाग्ने, ओस तथा ढुँडी परेका ठूला दरका नोटहरु प्रणालीमा आउन थालेको बैंकरहरु बताउँछन्। ‘ठ्याक्कै यही हो भनेर यकिन गर्न सकिँदैन। तर, शंकास्पद भने देखिन्छ,’ एक बैंकरले भने, ‘निक्षेप पनि त्यही अनुसार बढेको देखिन्छ।’
बैंकरका अनुसार, दसैंतिहारताका नगद जम्मा हुने प्रवृत्ति पहिले पनि थियो। तर, यसपाली अलिकति फरक देखिन्छ। ‘हामी दाबी गरेर निष्कर्ष त सुनाउन सक्दैनौं। तर, अनुमान भने गर्न सक्छौं,’ ती बैंकरले भने, ‘अरुको जस्तै हाम्रो पनि अनुमान प्रणालीभन्दा बाहिर रहेको नगदहरु अहिले बैंकहरुमा आइरहेका छन्।’
बैंकरले खाता सक्रिय भएको र पुरानो नोट आएको आधारमा गरेको अनुमानलाई निजी क्षेत्रमा काम गरिरहेका कतिपय चार्टर्ड एकाउन्टेन्टहरुले पुष्टि गर्छन्। बण्डल-बण्डलमा पैसा ल्याएर ‘यसलाई प्लेसमेन्ट गरिदेउ’ भन्नेहरु बढेको उनीहरु बताउँछन्।
‘विगतमा कुनै हिसाबले प्रणाली बाहिर रहेको पैसाहरु अहिले घुमाउरो बाटोबाट प्रणालीभित्र छिराउने प्रयास भइरहेको छ,’ ती वरिष्ठ चार्टर्ड एकाउन्टेन्टले भने।अस्वाभाविक रुपमा भइरहेको यस्तो गतिविधिको पछाडि दुई वटा कारणहरु हुन सक्ने उनीहरुको विश्लेषण छ।
पहिलो, भ्रष्टाचारको विरोध र सुशासनको माग गर्दै भएको जेनजी आन्दोलसँगै ५०० र १००० दरका नोटहरु खारेज गर्नुपर्ने माग बढेर गएको छ। त्यसैले सरकारले ठूला दरका नोटहरुको कारोबारमा प्रतिबन्ध लगाउन सक्छ भन्ने डर बढेर गएको छ।
अर्को कारण, घर-कार्यालयमा पैसा राख्दा सुरक्षित नहुने रहेछ। जुनसुकै बेला जे पनि हुने, लुटिने, आगजनी हुने जोखिम आन्दोलनसँगै बढेर गएको छ। सँगसँगै राज्यले पनि अवैध धनमा सम्पति शुद्धीकरण, राजस्व अनुसन्धान विभागमार्फत निगरानी बढाएको छ। त्यसैले विभिन्न च्यानल प्रयोग गरेर प्रणालीमै धन राख्दा सुरक्षित हुने रहेछ भन्ने स्थापित हुँदै गएको छ।
जनदबाबले गर्दा सरकारले ठूला दरका नोट प्रतिबन्ध लगाउन सक्छ भन्ने अनुमानले पनि प्रणालीतिर कुनै न कुनै माध्यमबाट पैसाहरु फिर्ता हुन थालेको हुन सक्ने राष्ट्र बैंकका अधिकारिहरुको पनि अनुमान छ।‘हामीलाई पनि केही शंकास्पद कारोबार भएको भन्ने अनुमान छ। हामीले यसलाई मिहिनरूपमै हेरिरहेका छौं,’ उच्च स्रोतले भन्यो, ‘हामी यकिनमा पुग्ने अवस्था बनेमा अनुसन्धानका लागि कानुन कार्यान्वयन निकायहरुमा पठाउँछौं।’
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
७ घण्टा अगाडि
2.6kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





