

टुकुचाको भूमिगत स्वरूप राणाकालमै : जलाधारविज्ञ
काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ । करिब १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको पानी बग्ने उक्त गुम्बजको संरक्षणमा सरोकारवालाले ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् ।
एक सय वर्षभन्दा अगाडिको यो संरचना अहिलेका विद्यार्थीका लागि अध्ययनको विषय बन्नेछ,’ जलाधारविज्ञ मधुकर उपाध्याय भन्छन्, ‘परम्परागत तरिकाबाट बज, चुनालगायत सामग्रीले जोडेर बनाइएको यस्तो संरचना जथाभाबी भत्काउनेभन्दा पनि संरक्षण जरुरी छ।’ त्यस्तै धेरै पहिला टुकुचालाई भूमिगत बनाइएका कारण यस क्षेत्रमा रहेका घरधनीहरूको पनि कुनै गल्ती नभएको उनको बुझाइ छ। ‘त्यो समयमा कुनै उद्देश्यका साथ टुकुचालाई छोपिएको थियो होला,’ उनले भने, ‘त्यसको दण्ड अहिलेका घरधनीले भोग्नु जायज हुँदैन ।’ यो अतिक्रमण नभई तत्कालीन समयमा राज्यले गरेको व्यवस्थापन भएको उपाध्यायको बुझाइ छ। आजको नागरिक दैनिकमा समाचार छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



