

धोविघाटको कवाडी गोदममा आगलागी
ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा लागेको आगो अझै नियन्त्रणमा आएको छैन।
धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी गोदममा बुधबार दिउँसो १ बजेको समयमा आगलागी भएको हो। आगलागीमा परी ३ जना घाइते भएका छन्। उनीहरूको अस्पतलमा उपचार भइरहेको छ।
गोदाम बच्चु साहले सञ्चालन गर्दै आएका थिए।
विगत १४ वर्षदेखि कवाडी गोदाम सञ्चालन गर्दै आएका साहले ५ जनालाई रोजगारीसमेत दिएका थिए।
उनी भारतीय नागरिक भए पनि २०-२२ वर्षदेखि नेपालमै बसेर विभिन्न व्यवसाय गर्दै आएका थिए।
अचानक गोदाममा आगो लाग्दा ५ जना कामदारहरू गोदाममै थिए। उनीहरूमध्ये गणेश नेपाल, अजय र लक्ष्मी घाइते भएका छन्।
आगोको सप्काले भेटेर उनीहरूको अनुहार जलेको छ।
विजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान लगाएको छ।
अझै आगो नियन्त्रण आइसकेको छैन। काठमाडौं, ललितपुर भक्तपुरका दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयले आगलागी नियनत्र्णको प्रयास गरिरहेका छन्।
क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२१ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



