भारतमा उपचारपछि स्वदेश फर्किइन् रविलक्ष्मी चित्रकार

राज्यसँग कुनै गुनासो छैन, अराजकता मच्चाउनेमाथि कडा कारबाही हुनुपर्छ’
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा भएको आगजनीबाट गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार उपचार पूरा गरी भारतबाट स्वदेश फर्किएकी छन्।
स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै चित्रकारले राज्यसँग आफूलाई कुनै गुनासो वा व्यक्तिगत माग नरहेको स्पष्ट पारिन्। तर, आन्दोलनको नाममा देशमा अराजकता मच्चाउने, निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र निर्दोष नागरिकको ज्यान जोखिममा पार्ने गतिविधि कदापि स्वीकार्य नहुने उनको भनाइ छ।
“शान्तिपूर्ण आन्दोलन नागरिकको अधिकार हो, तर त्यसको आडमा हिंसा, आगजनी र तोडफोड हुनु अत्यन्त निन्दनीय छ,” उनले भनिन्, “यस्ता गतिविधिमा संलग्न जो–कोही भए पनि सरकारले खोजीखोजी कानुनी कारबाही गर्नुपर्छ।”
चित्रकारको निवासमा भएको आगजनीका कारण उनी गम्भीर रूपमा घाइते भएपछि थप उपचारका लागि भारत लगिएको थियो। केही समयको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै उनी स्वदेश फर्किएकी हुन्।
उनले यस्ता घटनाले मुलुकको लोकतान्त्रिक अभ्यास, सामाजिक सद्भाव र नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाउने उल्लेख गर्दै सरकारलाई शान्ति सुरक्षा कायम गर्न अझ प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिन्।
घटनापछि राजनीतिक वृत्त र नागरिक समाजले समेत आन्दोलनलाई शान्तिपूर्ण र मर्यादित बनाइनुपर्नेमा जोड दिँदै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएका छन्।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१८ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
387 Shares