आजबाट मौसम सुधार हुने

काठमाडौं माघ २७ । आजदेखि मुलुकभर मौसम सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भएपछि आजबाट मौसममा सुधार हुँदै जाने अनुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज काठमाडौंसहित देशका अधिकांश स्थानमा घाम देखिने सम्भावना रहेको छ ।मुलुकमा वर्षा र हिमपात गराउने न्यून चापीय प्रणाली कमजोर भइसकेको छ, आज घाम-बादल, घाम-बादल हुने देखिन्छ, अब २-३ दिन मौसम आंशिक बदली हुने र क्रमशः मौसममा सुधार आउँछ’, उनले भनिन्।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एकरदुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बासीका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी रहेकाले यतिबेला सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म तथा देशका बाँकी स्थानमा आंशिक बदली रहेको छ।

Facebook Comments Box
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
१८ घण्टा अगाडि

1.4kViews 347 Shares Share on Facebook Share on Twitter काठमाडौं । राजधानी काठमाडौंका सडकमा सवारी अनुशासनको अवस्था कति कमजोर छ…

TOP
Shares