

नागरिक–प्रहरी सहकार्य शान्ति सुरक्षाको आधार : आईजीपी दान बहादुर कार्की
नागरिक–प्रहरी सहकार्य शान्ति सुरक्षाको आधार : आईजीपी दान बहादुर कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्न नागरिक र प्रहरीबीचको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने बताउनुभएको छ। नागरिकहरूको अपार समर्थनका कारण नै सुरक्षाकर्मीहरूले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकेको उहाँको भनाइ छ।
काठमाडौंको बसन्तपुरमा आइतबार आयोजित ‘हाम्रो प्रहरी’ कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नागरिक–प्रहरी साझेदारीले मात्र सुरक्षित र विश्वासिलो समाज निर्माण सम्भव हुने स्पष्ट पार्नुभयो।
जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा सम्पन्न उक्त कार्यक्रम भदौ २३ र २४ गते सम्पन्न ‘नव पुस्ताको आन्दोलन’ पछिको सन्दर्भमा नेपाल प्रहरीले सञ्चालन गर्दै आएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको हो। अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिक सुरक्षा, विपद् उद्धार, सामाजिक सद्भाव र अमन–चयन प्रवर्द्धनमा नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम नागरिक तथा नयाँ पुस्तामाझ स्थापित गराउने अवधारणाअनुसार कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
समारोहमा आईजीपी कार्कीले प्रहरी सद्भावना दूतहरूलाई ब्यानर प्रदान गर्नुका साथै प्रहरी कार्यालय पुनर्निर्माणमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्नुभयो। साथै सामुदायिक सेवा केन्द्र महांकालको सहकार्यमा समाजसेवी, स्थानीय व्यवसायी तथा नागरिकहरूको सहयोगबाट प्राप्त एक थान टोयोटा हाइस गाडी आईजीपी कार्की र सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकासभक्त श्रेष्ठले संयुक्त रूपमा प्रहरी वृत्त जनसेवालाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले ‘हाम्रो प्रहरी’ अभियान नेपाल प्रहरीको मात्र नभई नागरिक र प्रहरीको साझा प्रयास भएको उल्लेख गर्नुभयो। यस्ता संयुक्त प्रयासबाट मात्र सुरक्षित समाज निर्माण सम्भव हुने उहाँको भनाइ थियो। नागरिकको सौहार्दपूर्ण बोलीचाली र सकारात्मक व्यवहारले बस्ती, टोल र गाउँमा कार्यरत प्रहरीलाई थप प्रेरणा मिल्ने उहाँले बताउनुभयो।
विगतमा देखिएका कमी–कमजोरीलाई सुधार गर्दै नागरिक र प्रहरीबीचको सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन गरी कानुनी शासन स्थापना गर्न नेपाल प्रहरी सदैव क्रियाशील रहने प्रतिबद्धता पनि आईजीपी कार्कीले व्यक्त गर्नुभयो।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



