

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट डगौरा गम्भीर घाइते
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । मंगलबार राति साढे ९ बजेतिर भीमदत्त नगरपालिका–१९ बागफाटास्थित शुक्रराज टोलमा पसेको हात्तीलाई धपाउने क्रममा स्थानीय ४० वर्षीय छक्कु डगौरा घाइते भएका हुन्।
गाउँमा पसेको जङ्गली हात्तीलाई भगाउन खोज्दा हात्तीले उल्टै डगौरामाथि आक्रमण गरेको थियो । आक्रमणबाट उनको टाउको, अनुहार र छातीमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते डगौरालाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धनगढीस्थित माया मेट्रो अस्पताल रिफर गरिएको छ।हाल डगौराको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समय कञ्चनपुरका विभिन्न क्षेत्रमा जङ्गली हात्तीले जनधनको क्षति पुर्याउँदै आएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



