

मधेश प्रदेशमा सडक दुर्घटनाविरुद्ध ट्राफिक प्रहरीको युवा लक्षित अभियान सुरु
महोत्तरी । मधेश प्रदेशमा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरीले युवा लक्षित विशेष अभियान सुरु गरेको छ । प्रदेश स्तरीय उक्त अभियान महोत्तरीको बर्दिवासबाट र्याली तथा अन्तरक्रिया कार्यक्रममार्फत औपचारिक रूपमा शुभारम्भ गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख बाबुराम कार्कीका अनुसार मधेश प्रदेशका आठै जिल्लामा सडक दुर्घटनामा घाइते तथा ज्यान गुमाउनेमध्ये १७ देखि ३० वर्ष उमेर समूहका युवाको संख्या बढी देखिएकाले अभियान विशेष रूपमा युवामै केन्द्रित गरिएको हो ।
अभियानअन्तर्गत तीव्र गति नियन्त्रणका लागि नियमित सवारी चेकजाँच, लागूपदार्थ तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कडाइ, दुई पाङ्ग्रे सवारी चालकलाई ‘२ मिनेट सचेतना’ कार्यक्रम सञ्चालन गरिनेछ । साथै विद्यालय र क्याम्पसका विद्यार्थीलाई लक्षित सचेतना कक्षा, सडक सुरक्षासम्बन्धी बोर्ड तथा स्टिकर टाँस्ने, सचेतनामूलक जिङ्गल प्रसारण गर्ने र सडकको अवस्थालाई सुरक्षित बनाउनेतर्फ सम्बन्धित निकायसँग पहल गरिनेछ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले यी सबै कार्यक्रमहरू अभियानका मुख्य अङ्ग रहेको जानकारी दिए ।
बुधबार बर्दिवासमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले खराब सडक अवस्था र सवारी प्रयोगकर्ताको लापरबाही नै सडक दुर्घटनाको प्रमुख कारण रहेको भन्दै ट्राफिक प्रहरीलाई ध्यानाकर्षण गराएका थिए । सहभागीहरूले सडक सुरक्षा अझ चुस्त, प्रभावकारी र दीर्घकालीन बनाउन आग्रहसमेत गरेका छन् ।
ट्राफिक प्रहरीले यो अभियानमार्फत युवामा जिम्मेवार सवारी संस्कार विकास गर्दै सडक दुर्घटनाको दर घटाउने विश्वास लिएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



