अंग्रेजी नयाँ वर्षको अवसरमा क्लोथ बैंकद्वारा मानवतामूलक कार्यको सुरुवात

जनकपुरधाम । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा क्लोथ बैंक नेपालले मानवतामूलक कार्यको सुरुवात गरेको छ ।
क्लोथ बैंकका अध्यक्ष डा.राजीव झाको नेतृत्वमा बिहीबार बिहान कबिर बाल आश्रमका संचालक संत सत्यनारायण आलोकलाई आश्रममा रहेका बालबालिकाहरुको लागि १५ थान ज्याकेट र ७ थान सिरक हस्तान्तरण गरिएको हो ।
नयाँ वर्षको पहिलो दिन बिहानै अध्यक्ष डा. झाले सबैलाई फोनमार्फत शुभकामना आदान–प्रदान गर्दै सेवामूलक कार्यलाई प्राथमिकता दिएका छन् ।
कार्यक्रममा डिआइजी गोबिन्द थपलिया, समाजसेवी अमरचन्द्र अनिल, क्लोथ बैंक नेपालका उपाध्यक्ष पुरण गुप्ता, कोषाध्यक्ष रुबि झा, बिनोद ठाकुर, कृष्ण कुमार साह, राम टहल यादव, सुदिप महतो, पत्रकार बद्रीनाथ झा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले क्लोथ बैंक नेपालको निरन्तर मानवीय सेवाले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको बताएका छन् । नयाँ वर्षको सुरुवात नै सेवाबाट गर्नु प्रेरणादायी भएको उनीहरूको भनाइ छ ।

Facebook Comments Box
TOP
382 Shares