

आजदेखि श्रीस्वस्थानी व्रत सुरु, माघ स्नान, देशभर धार्मिक स्थलमा चहलपहल
काठमाडौं। आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर–घरमा विधिपूर्वक माघ स्नान, श्रीस्वस्थानी व्रत तथा कथा वाचन सुरु गरेका छन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने यस धार्मिक अनुष्ठानमा विभिन्न शक्तिपीठमा पूजा–आराधना गरिन्छ। सतीदेवीका अङ्ग पतन भएका स्थलमा देवीदेवताको बास रहेको धार्मिक विश्वासअनुसार यो परम्परा चल्दै आएको हो।
व्रतको सुरुवात पौष शुक्ल चतुर्दशीमा नङ काटी स्नान गरेर शुद्ध वस्त्र धारणसहित गरिन्छ। प्रत्येक बिहान माघ स्नान गरी मध्याह्नमा पार्वतीसहित महादेवको पूजा र साँझ स्कन्द पुराण अन्तर्गतको स्वस्थानी व्रत कथा वाचन गरिन्छ। कुल परम्पराअनुसार कथा वाचन बिहान वा बेलुकी गर्ने चलन छ।
माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षतासहित फलफूल, धूप, बत्ती र नैवेद्य चढाई भगवतीलाई अर्घ दिइन्छ। जाग्राम बसेर देवीको माहात्म्य सुन्ने परम्पराले मनोकामना पूरा हुने विश्वास छ।
यसै अवसरमा आजदेखि साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायण मेला सुरु भएको छ। देश–विदेशबाट भक्तजनको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



