

आईजीपी कार्कीले ल्याएको नयाँ व्यवस्थाको व्यापक प्रशंसा
काठमाण्डौं।
नेपाल प्रहरीमा बढुवा प्राप्त प्रहरी कर्मचारीहरूको पदस्थापन र हाजिरी प्रक्रियालाई थप अनुशासित र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ व्यवस्था लागू गरिएको छ। अब प्रहरी सहायक हवल्दारदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका बढुवा भएका कर्मचारीहरूले तोकिएको दरबन्दीमा हाजिर भएपछि मात्रै दर्ज्यानी चिन्ह प्राप्त गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन हुने भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको औपचारिक निर्देशनअनुसार, बढुवा पाएपछि पनि नयाँ पदस्थापन भएको कार्यालयमा समयमै हाजिर नगरी पुरानै कार्यालयबाट कामकाज गर्ने प्रवृत्तिका कारण जनशक्ति व्यवस्थापनमा समस्या देखिएको भन्दै उक्त निर्णय लिइएको हो। यसअघि कार्यरत कार्यालयमै दर्ज्यानी चिन्ह सुशोभन गरिँदा कतिपय कर्मचारीहरू नयाँ जिम्मेवारीमा ढिलाइ गर्ने गरेको पाइएको थियो, जसले संगठनको दैनिक कार्य सञ्चालन र जनशक्ति परिचालनमा प्रत्यक्ष असर परेको प्रधान कार्यालयले जनाएको छ।
अब उप्रान्त बढुवा भई दरबन्दी कायम भएका प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयमा हाजिर भएको आधिकारिक पुष्टि भएपछि मात्रै सोही कार्यालयका तोकिएका प्रहरी अधिकृतमार्फत दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम आयोजना गरिनेछ। उक्त प्रणाली प्रभावकारी रूपमा लागू गर्न देशभरका सबै प्रहरी कार्यालयहरूलाई परिपत्रमार्फत स्पष्ट निर्देशन दिइसकिएको छ।
प्रहरी संगठनभित्र अनुशासन, पारदर्शिता र उत्तरदायित्व बढाउने उद्देश्यले लागू गरिएको यस व्यवस्थालाई वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) कार्कीको दूरदर्शी र सुधारमुखी पहलका रूपमा लिइएको छ। संगठनभित्र मात्र होइन, सरोकारवाला निकायहरूबाट समेत यस कदमको व्यापक प्रशंसा भइरहेको छ।
यस नयाँ व्यवस्थाले प्रहरी संगठनको कार्यक्षमता अभिवृद्धि गर्दै जनशक्ति व्यवस्थापनलाई थप व्यवस्थित र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



