

ललितपुर प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीको प्रभावकारी नेतृत्वमा सुधार र सुरक्षा व्यवस्थापन
ललितपुर। करिब तीन महिना अघि ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा जिल्लामा सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार देखिएको छ।
उनले कार्यभार सम्हाले लगत्तै जे-एनजी आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटका घटनापछि बिग्रिएको सुरक्षा अवस्थालाई सामान्यीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनका सक्रिय कदमका कारण जिल्लामा प्रहरी उपस्थिति बलियो बनेको र आम नागरिकमा सुरक्षा महसुस बढेको प्रहरी स्रोतले जनाएको छ।
धापाखेलमा भएको इन्जिनियर हत्याको घटनाको छानबिनमा पनि एसएसपी बोगटीको नेतृत्व प्रशंसनीय रहेको छ। घटनासँग संलग्न व्यक्तिहरूको पहिचान र पक्राउ गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। साथै आन्दोलनका क्रममा लुटिएका हतियारहरूको खोजी र बरामद प्रक्रिया पनि तीव्रतापूर्वक भइरहेको छ।
उनको नेतृत्वमा क्षतिग्रस्त प्रहरी एकाइहरूको पुन: सञ्चालन तथा स्थानीय समुदायसँगको सहकार्यमा भौतिक संरचनाको पुनर्निर्माणमा सक्रियता देखिएको छ। जनताको सेवामा समर्पित, पारदर्शी र प्रभावकारी पुलिसिङ् लागू गर्ने बोगटीको मुख्य एजेण्डा रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, सीआईबीमा काम गरेको अनुभव उपयोग गर्दै उनले ललितपुरमा बढ्दो अनलाइन जुवा, कॉल सेन्टरमार्फत हुने ठगी, र सहकारी सम्बन्धी वित्तीय अपराधको अनुसन्धान कडाइका साथ अघि बढाएका छन्।
एसएसपी बोगटीलाई नेपाल प्रहरीभित्र शान्ति–सुरक्षा व्यवस्थापन र गम्भीर अपराध अनुसन्धानमा अनुभवी अधिकृतको रूपमा चिनिन्छ। उनका सक्रिय र परिणाममुखी पहलले ललितपुरमा सुरक्षा व्यवस्थाको स्तरमा सुधार ल्याएको विश्लेषकहरूले उल्लेख गरेका छन्।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



